कृषि-मौसम सल्लाह बुलेटिन (वर्ष-७, अंक 4४)

मौसमी सारांश:

  • गत साता देशको गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश नं-१ को धेरैजसो तथा लुम्बिनी प्रदेशका केही भू-भागहरमा सरदर भन्दा कम बर्षा मापन भएको छ। बागमती प्रदेशको भक्तपुर जिल्लामा रहेको चाँगुनारायण केन्द्रमा १२.२ मि.मि. वर्षा मापन भएको छ। देशको उच्च पहाडी भू-भागहरु बाहेकका अन्य धेरैजसो भू-भागहरुमा साप्ताहिक औसत अधिकतम तापक्रम २०.0 डि.से. भन्दा बढी र उच्च पहाडी भू-भागका धेरैजसो स्थानहरुमा साप्ताहिक औसत न्यूनतम तापक्रम शुन्य डि.से. भन्दा कम मापन गरिएको छ।
  • उच्च पहाडी तथा हिमाली भू-भागमा सातको सुरुवातमा आंशिक देखि सामान्य बदली रही मध्य तथा अन्त्यमा सामान्य बदलीको संभावना छ। साताको सुरुवातमा एक-दुई स्थान र मध्यमा थोरै स्थानमा हल्का हिमपातको संभावना छ। सातको अन्त्यमा केही स्थानमा हल्का देखि मध्यम हिमपातको संभावना छ
  • पहाडी भू-भागमा सातको सुरुवातमा आंशिक बदलीको संभावना छ। सातको मध्य तथा अन्त्यमा सुदरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदलीको संभावना छ। साताको मध्यमा सो प्रदेशका थोरै स्थानमा मेघगर्जन / चट्याङ्ग सहित हल्का वर्षा र अन्त्यमा केही स्थानमा मेघगर्जन / चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको संभावना छ
  • सातको अन्त्यमा सुदरपश्चिम र लुम्बिनी प्रदेशको तराका एक-दुई स्थानमा मेघगर्जन / चट्याङ्ग सहित हल्का वर्षाको संभावना रहेको छ।
  • यो साता देशका धेरै स्थानमा न्यनतम तथा अधिकतम तापक्रम थोरै बढ्ने सम्भावाना रहेको छ।

कृषि सारांश

  • तराई, भित्री मधेश र बेँसी (७०० मिटरसम्म) मा चैते धान खेतीका लागि सिफारिस गरिएका हर्दिनाथ-१, चैते-२, चैते-४, चैते-५ र चैते-६ धानका जातहरु मध्ये उपलब्ध जातको बीउ १.५ के.जी. प्रति कठ्ठा वा २.२५ के.जी. प्रति रोपनीका दरले व्यवस्था गरि ब्याड राख्न शुरु गर्नुहोस्।
  • वसन्ते मकैका लागि उपयुक्त जातहरु अरुण-३, अरुण-४, अरुण-६, रामपुर हाईब्रिड-८ र रामपुर हाईब्रिड-१० मध्ये भरपर्दो श्रोतबाट उपलब्ध जातहरुको बीउ व्यवस्था गर्नुहोस्।
  • चिस्यानको अवस्था हेरि गहुँबालीमा २.९ के.जी. युरिया प्रति कठ्ठा वा ४.४ के.जी. युरिया प्रति रोपनीका दरले दोश्रो टपड्रेस गर्नुहोस्।
  • विभिन्न स्थानहरुमा गहुँमा लाग्ने सिन्दुरे रोग देखा पर्न थालेको हुँदा खेतबारीमा नियमित अवलोकन गरी रोग देखिएमा नजिकको कृषि विज्ञहरुलाई जानकारी गराई व्यवस्थापनको लागी सल्लाह लिनुहोस्
  • फागुन महिनामा लगाइने उखुबालीमा जग्गा तयारीको बेलामा ३४० के.जी. कम्पोस्ट वा गोबरमल ३.७४ के.जी. युरिया, ४.३५ के.जी. डी.. पी., २.२२ के.जी म्युरेट अफ पोटास प्रति कट्ठा वा ५०० के.जी. कम्पोस्ट वा गोबरमल, ५.६ के.जी. युरिया, ६.५२ के.जी. डी.. पी., ३.३३ के.जी म्युरेट अफ पोटास प्रति रोपनीका दरले माटोमा राम्ररी मिलाउनुहोस्।
  • किविफल, स्याउ, नासपाती जस्ता फलफूलमा २ वर्षभन्दा पुराना हाँगाहरुमा फल नलाग्ने हुनाले यी फलफूललाई माघ महिनाभित्र काँटछाँट गर्नुहोस्। काँटछाँट गरेको भागमा १०% बोर्डोपेष्ट लगाउनुहोस्।
  • केरामा लाग्ने पात डढुवा रोग ब्यवस्थापनको लागि रोगी पातहरु संकलन गरि खाल्डोमा पुरी दिनुहोस् साथै २ ग्राम मेन्कोजेब युक्त विषादी प्रति लिटर पानीमा मिसाई सम्पूर्ण पात भिज्ने गरी छर्कनुहोस्।
  • उच्चपहाडमा भण्डारणबाट झिकी राम्रोसँग टुसाएका कुफ्रिज्योती, खुमल सेतो १, खुमल उज्वल, खुमल विकास, डेजिरे, कार्डिनल, रोजिटा मध्ये उपलब्ध जातको बीउ आलु रोप्नुहोस्।
  • उच्चपहाडमा फागुनमा लगाइने आलु खेतीका लागि कुफ्रिज्योती, खुमल सेतो १, खुमल उज्वल, खुमल विकास, डेजिरे, कार्डिनल जातको बिउ भण्डारणबाट झिकी टुसाउन दिनुहोस्।
  • नेपालका केही स्थानहरुमा खुल्लारुपमा पालिएका स्थानीय कुखुराहरु र व्यवसायिकरुपमा पालिएका ब्रोईलर र लेयर्स कुखुराहरुमा पनि हाईली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा (HPAI) पुष्टि भएको अवस्थामा आ-आफ्ना स्थानहरुमा पालिएका पंक्षीहरुमा सो रोग लाग्न नदिन आफूले पालेका पंक्षीहरु आकस्मिकरुपमा मर्न थालेमा वा श्वास-प्रश्वास सम्बन्धि रोग देखापरेमा नजिकैको पशु चिकित्सकसँगको परामर्शमा तुरुन्तै प्रयोगशाला परिक्षणका लागि पठाउनुहोस्।
  • कमन कार्प माउमाछा स्टक गरेको पोखरीबाट परिपक्व भएका माउ छानी पोखरीमा करीव १-१.५ मिटर गहिराईसम्म पानी भरेर भाले र पोथी २:१ को अनुपातमा माछाको सेट राखी पोखरीको चारैतिर काकावन राख्नुहोस्।
  • काकाबनमा टाँसिएको अण्डाबाट कोरलिएको ह्याचलिङ्गको २४ घण्टापछि खाद्य थैली सुक्ने हुँदा उक्त ह्याचलिङ्गलाई सुरुवाती आहाराको रुपमा उमालेको अण्डाको पहेंलो भाग खुवाउनुहोस्।
  • कृषि र पशु सम्वन्धी जिज्ञासाको लागि पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक सोमबार दिँउसो २ देखि ४ बजेसम्म फोन गर्नुहोस्।