१.१ पृष्ठभुमि (Background Information)

नेपालको कुल ग्राहस्थ उत्पादनमा एक तिहाई भन्दा बढी योगदान गर्ने कृषि क्षेत्रमा करीब ६५ प्रतिशत जनसंख्या रोजगारी तथा जिविकाको लागि कृषि क्षेत्रमा निर्भर रहदै आएका छन्। निर्भावमुखी कृषि प्रणालीलाई व्यवसायिक एवं ‌औधोगिक कृषि प्रणालीमा रुपान्तरण गरी उत्पादनमूलक क्षेत्रमा प्रशस्त रोजगारी सृजना गर्ने र दिगो कृषि विकासको माध्यमबाट मुलुकको समग्र आर्थिक विकास र गरिबी न्यूनीकरणको राष्ट्रीय लक्ष्य हासिल गर्न कृषि क्षेत्रले प्रशस्त संम्भावना बोकेको छ। खाद्यान्न तथा खाद्य पदार्थको मुल्यमा देखिने उतारचढाव, कृषि उत्पादन सामाग्रीको प्रयाप्त आपूर्ति नहुनु , पूर्वाधार विकासको कमी, युवा वर्गको विदेशिनेक्रम बढ्दै जाँनु, कृषि क्षेत्रमा देखिएको श्रम शक्तिको अभाव र प्राकृतिक प्रकोप तथा जलवायु परिवर्तनका कारण सिर्जित समस्याहरुले कृषि क्षेत्रमा आशातित उपलब्धी हासिल गर्न सकिएको छैन। यसै परिवेशलाई मध्यनजर गर्दै आय तथा रोजगारी श्रृजना, गरिबी न्यूनिकरण, व्यापार सन्तुलन, खाद्य तथा पोषण सुरक्षा, कृषिमा आधारित अर्थतन्त्रलाई कृषिजन्य उद्योगमा रुपान्तरित गर्ने तथा व्यवसायिक दिगो एवं आत्मनिर्भर कृषि क्षेत्रको विकासको सोचका साथ नेपाल सरकारले आ.व. २०७३/७४ देखि १० वर्षे प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुरुवात गरेको छ।

कृषि क्षेत्रको उत्पादन र उत्पाकदकत्व वृद्धि गर्ने स्पष्ट मार्गचित्रका साथ कृषि उपजको उत्पादनमा लागि आवश्यक प्रविधि तथा उत्पादन सामाग्रीको व्यवस्था, बाली/बस्तु उत्पादनमा यान्त्रिकरण, प्रशोधन तथा बजारीकरणको लागि आवश्यक पूर्वाधारको व्यवस्था जस्ता कृयाकलाप मार्फत कृषि क्षेत्रको आधुनिकीकरणको परिकल्पना परियोजनाले गरेको छ।यो परियोजना स्वदेशी सोच स्वदेशी लगानी र आन्तरिक संस्थागत जनशक्तिबाट तयार गरिएको कृषि विकास  रणनीति (ADS) कार्यान्वयनको सहयोगी परियोजना हो। यो परियोजनामा पकेट, ब्लक, जोन र सुपरजोन गरी चार किसिमका सम्भाग मार्फत काम भइरहेको छ। पकेट विकास कार्यक्रम स्थानीय तहबाट, ब्लक विकास कार्यक्रम प्रदेश सरकार मातहतका निकाय मार्फत कार्यान्वयन भईरहेको छ भने जोन र सुपरजोन कार्यक्रम संघीय सरकार मातहतको परियोजना कार्यान्वयन इकाई मार्फत सञ्‍चालन भईरहेको छ।

 

.२  नुवाकोटमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना

नुवाकोट जिल्लामा आलु र तरकारी गरी दुई वटा जोन सञ्‍चालनमा रहेको छ। आलु जोन विकास कार्यक्रम लिखु गा.पा.को वडा नं १ देखि ६ सम्म, पन्चकन्या गा.पा वडा नं १, २, सुर्यगढी गा.पा वडा नं ५, ककनी गा.पा वडा नं ८ गरि आ.व.२०७३/७४ देखि कुल १० वटा वडामा संचालित छ। त्यसैगरी तरकारी जोन विकास कार्यक्रम ककनी गा.पा वडा नं १ देखि ७, पन्चकन्या गा.पा वडा नं ३, ४, ५, शिवपुरी गा.पा वडा नं ६, ७, ८, र दुप्चेश्‍वर गा.पा वडा नं ३, ५ गरि आ.व. २०७४/७५ देखि कुल १५ वटा वाडमा संचालित छ। आ.व. 2078/79 देखि लिखु गा.पा वडा नं १, 2, 4, 5 र 6, पन्चकन्या गा.पा वडा नं 1 र 2, शिवपुरी गा.पा वडा नं  ७ र ८, ताँदी गा.पा. वडा नं 2, 3, ४ र 5 र बेलकोटगढी न.पा वडा नं 12 र 13 मा धान जोन संचालनमा रहेको छ।

 

जोन प्राविधिक एकाइ, रसुवा

रसुवा जिल्लामा आलु जोन सञ्‍चालनमा रहेको छ। आलु जोन विकास कार्यक्रम आमदोछोदिडमो गा.पा  वडा नं १, 2, 3 र ४, उत्तरगया गा.पा. वडा नं १, 4 र ५, नौकुण्ड गा.पा. वडा नं १, 2, 3, 5 र ६, कालिकास्थान गा.पा. वडा नं 1, 4 र ५ र गोसाईकुण्ड गा.पा वडा नं ६ गरि आ.व. २०७६/७७ देखि कुल १६ वटा वडामा संचालित छ।

त्यसैगरी आ.व. 2078/79 देखि आमदोछोदिडमो गा.पा  वडा नं 3, 4 र 5, उत्तरगया गा.पा. वडा नं १, 2 र 3, नौकुण्ड गा.पा. वडा नं १, 3, 4, 5 र 6, कालिकास्थान गा.पा. वडा नं 1, 2, 3, 4 र ५ र गोसाईकुण्ड गा.पा वडा नं 5 र ६ मा बाख्रा जोन संचालनमा छ।

कृषिको आधुनिकरणको लागी प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको तेश्रो सम्भागको रुपमा रहेको व्यवसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) विकास कार्यक्रम अन्तर्गत नुवाकोट जिल्लामा २०७३/७४ बाट आलु जोन, २०७४/७५ बाट तरकारी जोन र 2078/79 देखि धान जोनको कार्यक्रमहरु सञ्‍चालनमा आएका छन। त्यस्तै रसुवा जिल्लामा आ.व. २०७६/७७ बाट आलु जोन र 2078/79 देखि बाख्रा जोन संचालन भईरहेको छ। विगत आ.व. सम्म अलग अलग अख्तियारी प्राप्त जोन कार्यान्वयन एकाइहरु आ. . २०७७/७८ देखि एउटै परियोजना कार्यान्वयन इकाई अन्तर्गत सञ्‍चालनमा आएका छन्।