कृषि मौसम सल्लाह बुलेटिन (बर्ष ८, अंक ४२)

 

मौसमी सारांश:

  • गत साता वर्षा मापन भएका धेरैजसो केन्द्रहरुमा सरदर भन्दा कम वर्षा मापन गरिएको छ। कर्णाली प्रदेशको कालिकोट जिल्लाको मान्मा केन्द्रमा सबैभन्दा बढी ६७.५ मि.मि. बर्षा मापन भएको छ। गत साता देशका धेरैजसो केन्द्रहरुमा सरदर भन्दा बढी तापक्रम मापन भएको छ। बागमती प्रदेशको रामेछाप जिल्लामा रहेको मन्थल केन्द्रमा सबैभन्दा बढी २५.१ डि.से. तापक्रम मापन गरिएको छ भने सो केन्द्र बाहेकका केन्द्रहरुमा अधिकतम तापक्रम २५ डि.से. भन्दा कम मापन गरिएको छ। तराईको धेरैजसो भू-भागहरुमा १५ डि.से. भन्दा कम न्यनतम तापक्रम मापन गरिएको छ भने उच्च पहाडी भू-भागको धेरै स्थानहरुमा शुन्य डि.से. भन्दा कम तापक्रम मापन गरिएको छ। गण्डकी प्रदेशको मुस्ताङ जिल्लामा रहेको जोमसोम केन्द्रमा सबैभन्दा कम -५.१ डि.से. तापक्रम मापन भएको छ।
  • गत साता तराईका अधिकांश भू-भागहरुमा हुस्सु र केही भू-भागमा कुहिरो देखापरेको थियो।
  • साताको मध्यमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहने संभावना छ
  • हिमाली र पहाडी भू-भागमा साताको शुरूमा र अन्त्यमा आंशिक बदली देखि सामान्यतया मौसम सफा तथा साताको मध्यमा आंशिक बदली देखि सामान्य बदली रहनेछ।
  • साताको मध्यमा हिमाली भू-भागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको तथा पहाडी भूभागका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको संभावना
  • तराई भू-भागमा बिहानी र रातीपख हुस्सु/कुहिरो लाग्ने संभावना। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागमा साताको मध्यमा हल्का देखि मध्यम वर्षाको संभावना
  • देशको अधिकांश भू-भागहरूमा अधिकतम तापक्रम तथा न्यूनतम तापक्रममा उल्लेखनीय परिवर्तन नहुने संभावना छ

कृषि सारांश

  • तराई, भित्री मधेश र पहाडका बेँसीहरु (७०० मिटरसम्म) का लागि सिफारिस गरिएका हर्दिनाथ-१, चैते-२, चैते-४, चैते-५ र चैते-६ धानका जातहरु मध्ये उपलब्ध जातको बीउ १.५ के.जी. प्रति कठ्ठा वा २.२५ के.जी. प्रति रोपनीका दरले व्यवस्था गर्नुहोस्। धानको ब्याड राख्नु अघि सौर्य उपचार विधिबाट माटोको उपचार गर्नुहोस्।
  • बदलिँदो मौसमको कारण देशका विभिन्न स्थानहरुमा गहुँमा लाग्ने सिन्दुरे रोग देखापर्न थालेको हुँदा व्यवस्थापनको लागि ढुसीनाशक विषादी टिल्ट एम.एल. वा नाटिभो . एम.एल. प्रति लिटर पानीका दरले १०-१२ दिनको फरकमा आवश्यकता अनुसार - पटक प्रयोग गर्नुहोस्।  
  • अरहर तथा चना बालीको कोसामा लाग्ने गवारो कीरा व्यवस्थापनको लागी क्लोरानट्रानिलिप्रोल १८.५ एस.सी., ०.४ एम.एल. प्रति लिटर पानीमा मिसाई बोट भिज्नेगरि साँझको समयमा छर्कनुहोस्।
  • आँप र लिचीलाई रस चुस्ने कीराहरुबाट जोगाउन फूल फुल्नु भन्दा अगाडी नै डाइमेथोयट ३०% .सी. अथवा बुप्रोफेजिन २५% एस.सी., १ एम.एल. प्रति लिटर पानीमा मिसाई छर्कनुहोस्। साथै बोट वरिपरि खनी मल दिनुका साथै बोर्डो मिक्स्चर पनि लगाउनुहोस्।
  • औंसा कीरा प्रभावित सुन्तलाजातका फलफुलका बगैंचामा कीरा लागेर झरेका फलफूलहरुलाई टिपेर गहिरो खाडल खनी ब्यवस्थापन गर्नुहोस्। साथै बोट वरिपरिको माटो खनजोत गरि कीराको सुषुप्त अवस्थालाई नष्ट गर्नुहोस्।
  • केराको वोट ओइलाउने (पानामा रोग) देखिएमा रोग लागेको बोट विरुवा उखेलेर हटाउने, नयाँ विरुवा सार्नको लागि रोग नलागेको क्षेत्रबाट ल्याउने तथा कार्बेन्डाजिम (बेभीष्टिन) १ लिटर पानीमा २ ग्राम घोली बोटको फेद भिजाउने तथा पातमा छर्नुहोस्। वा कपर अक्सिक्लोराइड २ ग्राम प्रति लिटर पानीमा घोली बोट र जरा भिज्नेगरि छर्नुहोस्।
  • मेवा, आँप, आदि फलफूल बालीका बोटमा मिलीबगको प्रकोप देखिएमा बगैँचाको सरसफाई गरी बोटको मुल काण्डको १ फीट माथि चारैतिर लेसिलो पट्टि [रेजिन वा ग्रीजमा अडीर (कास्टर) को तेल मिसाएर ] लगाउने वा ४०० गेजको २५-३० से.मी. चौडा बाक्लो प्लाष्टिक बोटको फेदमा बाँध्नुहोस्।
  • जाडोयाममा फलफूलका विरुवाहरु सुषुप्त अवस्थामा पुगेको हुनाले कटिङ्गद्वारा विरुवा प्रशारण गर्न सकिने अनार, अंगुर जस्ता फलफूलमा तीन आँख्ला भएको लामो शिसाकलम साइजको (१५-२० से.मी.) १ वर्ष पुरानो हाँगा छानी वालुवा, माटो र कम्पोष्ट मलखाद १:१:१ को अनुपातमा बनाइएको ब्याडमा कटिङ्ग राख्नुहोस्।
  • आलुको पुतली कीराले सामान्यतया आलु भण्डारणमा ज्यादा नोक्सानी गर्ने भएता पनि आलु खन्नुपूर्व आलुको दानामा अण्डा पारी नोक्सानी गर्ने भएकोले ड्यांगमा आलुको दाना नदेखिनेगरी उकेरा दिनुहोस्। साथै, खन्ने बेलामा सावधानी अपनाउनुहोस्।
  • लसुन र प्याजको, प्याजी डढुवा रोग व्यवस्थापनको लागि बारी सफा गरी रोगी पातहरु हटाई खाल्डो खनेर पुर्नुहोस्। रोगको अवस्था हेरी ७ दिनको फरकमा साफ वा सेक्टिन जस्ता बिषादीहरु २ ग्राम प्रति लिटर पानीका दरले सम्पूर्ण पातहरु भिज्नेगरि ३-४ पटकसम्म छर्केर उपचार गर्नुहोस्। 
  • बीउ उत्पादनको लागि रोपिएको मूला, रायो र काउली बालीमा अल्टरनेरिया पात थोप्ले रोग लाग्ने संभावना भएकोले नियमीत अनुगमन गरि व्यवस्थापनका उचित विधिहरु अपनाउनुहोस्।
  • कार्तिक महिनामा लगाईएको उखुबालीमा गोडमेल पश्चात ४.४ के.जी. युरिया प्रति रोपनी वा २.९ के.जी. युरिया प्रति कट्ठाको दरले दोश्रो टपड्रेस गर्नुहोस्। उखुबालीमा चिस्यानको कमी भए सिंचाई गरेर मात्र युरिया मलको प्रयोग गर्नुहोस्।
  • यस समयमा जाडो छल्नका निम्ति घुमन्ते चराहरु नेपाल आउने भएकोले आफ्ना व्यवसायिक कुखुरा खोर वरपर यस्ता चराहरुलाई बस्न नदिनुहोस्। यी चराहरुले एभिएन इन्फ्लुएन्जा जस्ता रोगहरु सार्न सक्ने भएकोले चराहरुको सम्पर्क वा विष्टाबाट आफ्ना कुखुराहरुलाई जोगाउनको लागि फार्ममा जैविक सुरक्षाका उपायहरु अपनाउनुहोस्।  
  • तराईका जिल्लाहरुमा कमन कार्प माछाको प्रजनन् समय भएको हुँदा हप्ता दिनको अन्तरमा तयार माउ छनौट गर काकाबनयुक्त प्रजनन् पोखरीमा सेट राख्नुहोस्। अण्डाबाट निस्केको ह्याचलिङलाई प्रति दिन प्रति एक लाख नाभि थैली सुकेपछि शारीरिक तौलको १५-२०% धुलो दाना र थप ४ वटा उसिनेको अन्डाको रानोको झोल बनाई खुवाउनुहोस्।
  • कृषि र पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक सोमबार दिँउसो २ देखि ४ बजेसम्म फोन गर्नुहोस्।