कृषि-मौसम सल्लाह बुलेटिन (वर्ष-९, अंक १९)

मौसमी सारांश:

  • गत साता सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा रहेको चिसापानी केन्द्रमा ४६९.० मि.मि. वर्षा मापन भएको छ। तराईका अधिकांश स्थानमा ३० डि.से. भन्दा बढी अधिकतम तापक्रम मापन गरिएको छ भने कोशी प्रदेशको सुनसरी जिल्लामा रहेको चतरा केन्द्रमा सबैभन्दा बढी ३४.४ डि.से. अधिकतम तापक्रम मापन गरिएको छ। तराईका अधिकांश स्थानमा २५ डि.से. भन्दा बढी न्यूनतम तापक्रम मापन गरिएको छ।गण्डकी प्रदेशको मुस्ताङ जिल्लामा रहेको जोमसोम केन्द्रमा सबैभन्दा कम ११.४ डि.से. न्यूनतम तापक्रम मापन भएको छ।
  • साताको सुरूमादेशभर आंशिक देखि सामान्य बदली र मध्य तथा अन्त्यमा सामान्य देखि पूर्ण बदली बदली रहने संभावना छ।
  • साताको सुरूवातमा देशका पहाडी भू-भागका केही स्थानहरुमा र तरा भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना र साताको मध्य तथा अन्त्यमा पहाड तथा तराइका धेरै स्थानहरूमा वर्षाको संभावना छ। साथै साताको मध्यमा सुदरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका थोरै भू-भागमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको संभावना छ। साताको अन्त्यमा कोशी, मधेश र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको संभावना
  • हिमाली भू-भागका केही स्थानहरुमाहल्का देखि मध्यम हिमपात/वर्षाको संभावना छ।
  • सातको मध्य तथा अन्त्यमा अधिकतम तापक्रम हल्का घट्ने तथा न्यूनतम तापक्रममा उल्लेखनीय परिवर्तन नहुने संभावना छ।

 

कृषि सारांश

  • धानखेतमा पात वेरुवा कीराको नोक्सानी कम गर्न कीराको फुलहरु भएको पातको टुप्पो चुँडेर नष्ट गर्नुहोस्। बढी क्षती देखिएमा साइपरमेथ्रिन २ एम.एल. प्रति लिटर पानीमा मिसाएर २० लिटर प्रति कठ्ठाको दरले साँझको समयमा छर्कनुहोस्।
  • स्टोन/इपिकोटायल बिधिबाट कलमी गरेको आँपको नर्सरीमा ८०-९० प्रतिशत भन्दा कम आर्द्रता भएमा बेलाबेलामा पानी छर्किनुहोस्। साथै कलमी गरेको भागभन्दा तलबाट पलाएका मुनाहरु हटाउनुहोस्।
  • आँपको पातमा जालो बनाउने कीराको नियमित अनुगमन गर्नुहोस्। जालो देखिएमा लठ्ठी वा ब्रसको सहायताले जालो हटाउनुका साथै कीराले क्षती गरेको पातहरु नष्ट गर्नुहोस्।
  • स्याउको फल परिपक्व नहुँदै टिप्दा फलको आकार सानो, स्वाद अमिलो तथा टर्रो, रङ्ग नचढेको, बास्ना नभएको तथा भण्डारणमा स्काल्ड विकृतिले फल खैरो भई गणुस्तर बिग्रने हुँदा सामान्यतया फल पूर्णरुपमा खान तयार भएपछि र अब फल नटिपे बिग्रन्छ भन्ने भएपछि मात्र टिप्ने गर्नुहोस्।
  • खुमल चौडापात, खुमल रातोपात, मार्फा चौडापात जस्ता रायोका जातहरुको नर्सरी पानी नजम्ने गरी राख्नुहोस्र मिनोअर्ली जातको मूला रोप्नुहोस्।
  • मध्य पहाडी जिल्लाहरुमा खुमल ज्यापू काउलीको नर्सरी राख्नुहोस्।ब्याड राख्ने जग्गामा माटोको उपचार गर्नु परेमा बेभिष्टीन ग्राम प्रतिलिटर पानीमा मिसाई बीउ राख्नु ३-४ दिन अगाडी छर्कनुहोस्। नर्सरी राख्दा वित्ता (१५-२०से.मी.) अग्लो व्याड बनाई अँगुलको फरकमा लाइन कोरेर पातलो गरी बीउ राखी हल्का माटोले पुरे पछी छापो राख्नुहोस्। झरी पर्ने समय भएकोले बेर्नालाई जोगाउन प्लाष्टिकको छापो राख्नुहोस्।
  • खुर्सानीको बोट ओइलाउने रोगको व्यवस्थापनको लागि पानी निकासको उचित प्रवन्ध मिलाउनुहोस्।बेर्ना सार्ने बेलामा बोट वरिपरि पानी नजम्ने गरि सार्नुहोस्।
  • देशका अधिकांश स्थानहरुमा लम्पी स्किन रोग फैलिरहेको हुँदा छालामा गिर्खाहरु देखिएका पशुहरुलाई ढुवानी नगर्नुहोस्। लक्षण देखिएका पशुहरुलाई अन्य स्वस्थ पशुहरुभन्दा अलग्गै राखी लक्षण अनुसारको उपचार गर्नुहोस्। गोठहरुमा जैविक सुरक्षाका उपायहरु अवलम्वन गर्नुहोस्। साथै, लक्षण नदेखिएका ३ महिना भन्दा बढी उमेरका गाई, भैँसीहरुलाई यो रोगविरुद्दको खोप प्राविधिकको सिफारिस बमोजिम लगाउनुहोस्।
  • वर्षातको समयमा गाई-भैँसीहरुमा देखापर्ने भ्यागुते रोगको उपचारको लागि सल्फोनामाईड, टेट्रासाइक्लिन, पेनिसिलिन, जेन्टामाइसिन, सिप्रोफ्लोक्सासिन समूहका औषधिहरु प्रयोग गर्नुहोस
  • वर्षातको पानीले पोखरीको खाद्यतत्व बगाएर कमी हुनसक्ने हुँदा पोखरीको पानीको पारदर्शिता हेरी घाम लागेको समय पारेर सिफारिस मात्रामा मलखाद प्रयोग गर्नुहोस्।
  • माछा पोखरीमा धमिलो पानी मिसिन नदिनुहोस्। धमिलो पानी मिसिएमा माछामा परजीवि लाग्ने संभावना भएकोले ३% नुनपानीले बाथ गराउनुहोस् साथै पानीको पि.एच. लाई सन्तुलन राख्न समय-समयमा मापन गर्नुहोस्। पानीको पि.एच. ६.५ भन्दा कम भएमा चून १५ के.जी. प्रति कठ्ठाको दरले प्रयोग गर्नुहोस्। साथै, निकास द्वारमा माछाको साइज अनुसारको जाली लगाई माछा बगेर जान नदिनुहोस्।
  • कृषि र पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक सोमबार दिँउसो २ देखि ४ बजेसम्म फोन गर्नुहोस्।