कृषि-मौसम सल्लाह बुलेटिन (वर्ष-९, अंक २२)

मौसमी सारांश:

  • गत साता सबैभन्दा बढी गण्डकी प्रदेशको कास्की जिल्लामा रहेको लुम्ले केन्द्रमा १२९.१ मि.मि. वर्षा मापन भएको छ। सुदरपश्चिम र कोशी प्रदेशका सबै तराई तथा लुम्बिनी, गण्डकी, बाग्मती र मधेश प्रदेशका तराईका केही स्थानमा ३० डि.से. भन्दा बढी अधिकतम तापक्रम मापन गरिएको छ भने गण्डकी प्रदेशको नवलपरासी जिल्लामा रहेको दुम्कौली (बर्दघाट सुस्ता पूर्व) केन्द्रमा सबैभन्दा बढी ३८ डि.से. अधिकतम तापक्रम मापन गरिएको छ। तराईका अधिकांश स्थानमा २५ डि.से. भन्दा बढी न्यूनतम तापक्रम मापन गरिएको छ। गण्डकी प्रदेशको मनाङ जिल्लामा रहेको हुम्दे केन्द्रमा सबैभन्दा कम ८.५ डि.से न्यूनतम तापक्रम मापन भएको छ।
  • साताको अधिकांश दिनमा आंशिक देखि सामान्य बदली रहने संभावना छ।
  • साताको अधिकांश दिनमा कोशी, बागमती, गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागका थोरैस्थानहरूमा हल्का देखि मध्यम वर्षा/हिमपातको संभावना छ।
  • साताको अधिकांश दिनमा कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम बर्षाको साथै एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको पनि संभावना छ।
  • मधेश प्रदेश लगायत कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईमा साताको अधिकांश दिनमा थोरै स्थानहरूमा हल्का देखि मध्यम बर्षाको संभावना छ।साथै मधेश प्रदेश लगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईमा एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित भारी वर्षाको पनि संभावना छ। 
  • साताको सुरूमा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हावाहुरीको संभावना छ।
  • साताभर न्यूनतम तापक्रममा उल्लेखनीय परिवर्तन नहुने तर साताको मध्यमा अधिकतम तापक्रम हल्का बढ्ने संभावना छ।

 

कृषि सारांश

  • धान खेतमा पतेरो कीराले धेरै नोक्सानी गर्ने भएकोले नियमीत अनुगमन गर्नुहोस् प्रकोप बढी भएमा साइपरमेथ्रीन 25%  ई.सी. ०.५ एम.एल. प्रति लिटर पानीका दरले विरुवा राम्ररी भिज्नेगरि साँझको समयमा छर्नुहोस्।
  • धानखेतमा पात वेरुवा कीराको नोक्सानी कम गर्न कारटाप हाइड्रोक्लोराइड ५० एस.पी. २ ग्राम अथवा फ्लुबेनडीयामाइड २४० एस.सी. ०.३ एम.एल. प्रति लिटर पानीमा मिसाएर २० लिटर प्रति कठ्ठाको दरमा धानको पात भिज्नेगरि साँझको समयमा छर्नुहोस्।
  • धानबालीमा जिंकको कमीले लाग्ने खैरारोग (राते) तथा सल्फरको कमीले नयाँ पातहरुको टुप्पो पहेँलो हुँदै सुक्ने समस्या देखापरेमा जिंक सल्फेट ५ ग्राम प्रति लिटर पानीको दरले सम्पूर्ण बोट भिज्नेगरि २-३ पटक छर्कनुहोस्।
  • तराई तथा भित्री मधेशको लागि हिउँदे मकैका सिफारिस जातहरु-मनकामना-१, अरुण -३, अरुण -४, अरुण -६, रामपुर हाइब्रिड -२, रामपुर हाइब्रिड -४, रामपुर हाइब्रिड -६, रामपुर हाइब्रिड-१२, रामपुर हाइब्रिड-१४, रामपुर हाइब्रिड-१६, खुमल हाइब्रिड मकै-२ र पोसिलो मकै-२ मध्येबाट बीउको व्यवस्था गर्नुहोस्।
  • सुन्तला जातको फलफूल बालीहरुमा पात खन्ने कीराको नोक्सानी कम गर्न निमको पातको झोल १ भाग मिसाई ५ दिनको फरकमा ३ पटक छर्नुहोस्। प्रकोप ज्यादा भएमाडाइमेथोएट ३०% ई.सी., २ एम.एल. प्रति लिटर पानीमा घोलेर ७ दिनको फरकमा ३ पटक छर्कनुहोस्।
  • स्याउको फल परिपक्व नहुँदै टिप्दा फलको आकार सानो, स्वाद अमिलो तथा टर्रो, रङ्ग नचढेको, बास्ना नभएको तथा भण्डारणमा स्काल्ड विकृतिले फल खैरो भई गणुस्तर बिग्रने हुँदा सामान्यतया फल पूर्णरुपमा खान तयार भएपछि र अब फल नटिपे बिग्रन्छ भन्ने भएपछि मात्र टिप्नेर्नुहोस्।
  • मध्यपहाडको बारी जग्गामा जनकदेव, डेजिरे, कार्डिनल,खुमल सेतो-१, खुमल लक्ष्मी, खुमल उज्वल, खुमल उपहार, खुमल विकास मध्येबाट उपलब्ध जातको बीउ आलु रोप्नुहोस्।
  • खुमल चौडापात, खुमल रातोपात, मार्फा चौडापात जस्ता रायोका जातहरुको नर्सरी पानी नजम्ने गरी राख्नुहोस्र मिनोअर्ली जातको मूला रोप्नुहोस्।
  • मध्य पहाडी जिल्लाहरुमा खुमल ज्यापू र काठमाडौ लोकल जातको काउलीको नर्सरी राख्नुहोस्। ब्याड राख्ने जग्गामा माटोको उपचार गर्नु परेमा बेभिष्टीन ग्राम प्रतिलिटर पानीमा मिसाई बीउ राख्नु ३-४ दिन अगाडी छर्कनुहोस्। नर्सरी राख्दा वित्ता (१५-२०से.मी.) अग्लो व्याड बनाई अँगुलको फरकमा लाइन कोरेर पातलो गरी बीउ राखी हल्का माटोले पुरे पछी छापोराख्नुहोस्। झरी पर्ने समय भएकोले बेर्नालाई जोगाउन प्लाष्टिकको छापो राख्नुहोस्।
  • खुर्सानीको बोट ओइलाउने रोगको व्यवस्थापनको लागि पानी निकासको उचित प्रवन्ध मिलाउनुहोस्।बेर्ना सार्ने बेलामा बोट वरिपरि पानी नजम्ने गरि सार्नुहोस्।
  • वर्षातको समयमा गाई-भैँसीहरुमा देखापर्ने भ्यागुते रोगको उपचारको लागि सल्फोनामाईड, टेट्रासाइक्लिन, पेनिसिलिन, जेन्टामाइसिन, सिप्रोफ्लोक्सासिन समूहका औषधिहरु प्रयोग गर्नुहोस्।
  • माछापोखरीमा धमिलो पानी मिसिन नदिनुहोस्। धमिलो पानी मिसिएमा माछामा परजीवि लाग्ने संभावना भएकोले ३% नुनपानीले बाथ गराउनुहोस् साथै पानीको पि.एच. लाई सन्तुलन राख्न समय-समयमा मापन गर्नुहोस्। पानीको पि.एच. ६.५ भन्दा कम भएमा चून १५ के.जी. प्रति कठ्ठाको दरले प्रयोग गर्नुहोस्।
  • कृषि र पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक सोमबार दिँउसो २ देखि ४ बजेसम्म फोन गर्नुहोस्।