![]() |
नेपाल सरकार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (कार्यक्षेत्र: नुवाकोट र रसुवा) |
|
कृषि मौसम सल्लाह बुलेटिन (बर्ष ९, अंक ३८)
मौसमी सारांश:
- गत साता देशको कुनैपनि केन्द्रमा वर्षा मापन भएको छैन। कोशी प्रदेशका तराई तथा मधेश प्रदेशका धेरै स्थानमा र लुम्बिनी प्रदेशका तराईका केही स्थानहरुमा २५ डि.से. भन्दा बढी अधिकतम तापक्रम मापन गरिएको छ भने मधेश प्रदेशको रौतहट जिल्लामा रहेको गौर केन्द्रमा सबैभन्दा बढी २९.७ डि.से. अधिकतम तापक्रम मापन गरिएको छ। हिमाली क्षेत्रका केही स्थानहरुमा शुन्य डि.से. भन्दा कम न्यूनतम तापक्रम मापन गरिएको छ।गण्डकी प्रदेशको मनाङ जिल्लामा रहेको हुम्दे केन्द्रमा सबैभन्दा कम -६.१ डि.से. न्यूनतम तापक्रम मापन भएको छ।
- साताको शुरुमा पश्चिम वायूको सामान्य प्रभाव तथा मध्य र अन्त्यमा आंशिक प्रभाव रहेनछ।
- सुदूर-पश्चिम प्रदेश र कर्णाली प्रदेशको हिमाली भू-भागमा साताको शुरुमा थोरै स्थानहरुमा तथा मध्य र अन्त्यमा एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको संभावना रहेको छ।
- सुदूर-पश्चिम प्रदेश रकर्णाली प्रदेशको पहाडी भू-भागमा साताको शुरुमा एक-दुई स्थानमा फाटफुट देखि हल्का बर्षाको रहेको छ।
- कोशी, बागमती, गण्डकी प्रदेशको हिमाली भू-भागमा साताको शुरु तथा मध्यमा एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको संभावना छ।
- देशका तराईका भू-भागमा साताभर हल्का हुस्सु/कुहिरोको संभावना छ। उक्त हुस्सु/कुहिरो मध्यान्न सम्ममा/पछि क्रमिक रुपमा सुधार हुँदै जाने संभावना रहेको छ ।
- देशका अधिकांश स्थानहरुमा अधिकतम र न्यूनतम तापक्रममा हल्का गिरावट आउने संभावना रहेको छ।
कृषि सारांश
- जल तथा मौसम विज्ञान विभागले जारी गरेको हिउँद अवधिको हावापानीको आँकलन अनुसार आगामी फागुन १७ सम्म देशका अधिकांश ठाउँहरुमा सरदर भन्दा बढी वर्षा हुने र अधिकतम तापक्रम सरदर भन्दा बढी हुने संभावना भएता पनि हिउँदे बाली तथा फलफुलहरुमा सिंचाईको व्यवस्थापन कार्यलाई विशेष ध्यान दिनुहोस्।वर्षाको पानी प्लास्टिक पोखरीहरुमा जम्मा गरी सिंचाईका नवीनतम प्रविधिहरु जस्तै: थोपा सिंचाई, स्प्रिन्क्लर ईत्यादी आवश्यकता अनुसार प्रयोग गर्नुहोस्।
- गहुँ छरेको २०-३० दिनभित्र (मुकुट जरा पलाउने अवस्था) गहुँको जरा भिज्नेगरि पहिलो सिँचाई पश्चात सिफारिस मात्रामा अनुसार टपड्रेस गर्नुहोस्। गहुँ पहेँलो हुने समस्याबाट बच्न सिँचाई गर्दा पानी जम्न नदिन विशेष ध्यान दिनुहोस्।
- गहुँ रोपेको ३०-४० दिनभित्र सल्फोसल्फरन ७५% डब्लु.पी. २ ग्राम प्रति रोपनी वा १.३ ग्राम प्रति कट्ठा ४२ एम.एल. सरफेक्टेन्टमामिसाई २५ लिटर पानीमा एक रोपनीको लागि वा १७ लिटर पानीमा एक कठ्ठाको लागि माटोमा चिस्यान भएको अवस्थामा फ्लेट फेननोजलको प्रयोगले स्प्रे गर्नुहोस्।
- तोरीबालीमा लाही कीरा लागे-नलागेको नियमित अनुगमन पहेँलो स्टिकि ट्रयापबाट गर्नुहोस् फुल फुलेको बेला मौरीबाट परागसेचन हुने भएकोले कुनै प्रकारको रासायनिक बिषादी प्रयोग नगर्नुहोस र आवश्यक परेमा १ भाग गाईको गहुँत र ४ भाग पानीमा मिसाएर रातभरि राखेर लाही लागेको ठाँउमा भिज्नेगरि भोलीपल्ट छर्कनुहोस्।
- पतझड फलफूलको बगैँचा स्थापनाको लागि एक घन मिटर साइजको खाडल खनी करिब एक महिना सुकाउनुहोस्। सो खाडलमा सुकेका पातपतिंगर तथा झारपात राखी जलाउनुहोस्।
- मध्यपहाडमा माघ महिनामा लगाईने आलुबालीका बीउ शीतभण्डारबाट निकाली फिँजाएर टुसाउन दिनुहोस्।
- आलुबालीको पछौटे डढुवा रोगको नियमित अनुगमन गर्नुहोस्। प्रकोप बढी भएमा एक्रोब्याट (डाइमेथोर्फ ५०% डब्ल्यु.पी.) वा सेक्टिन (फेनामेडोन १०% + मेन्कोजेब ५०% डब्ल्यु.जी.) १.५ ग्राम प्रतिलिटर पानीमा मिसाइ बोटको सम्पुर्ण भाग भिज्नेगरी छर्कनुहोस्।
- खोरेतरोगदेखिरहनेठाउँमारोकथामकोलागिपशुहरुमा६महिनाकोउमेरपुगेपछिपहिलोपटकरप्रत्येकवर्षखोपदोहोर्याउनुहोस्। प्रकोपबढीदेखिनेठाउँमा६-६महिनामादोहोर्याउनुहोस्।
- कृषि र पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक सोमबार दिँउसो २ देखि ४ बजेसम्म फोन गर्नुहोस्।