कृषि मौसम सल्लाह बुलेटिन (बर्ष १०, अंक २५)

मौसमी सारांश:

  • गत साता देशको सबै केन्द्रहरुमा हल्का देखि अति भारी वर्षा मापन गरिएको छ।गत साता सबैभन्दा बढी बागमती प्रदेशको मकवानपुर जिल्लामा रहेको दामन केन्द्रमा ५१७.० मि.मि. साप्ताहिक कुल वर्षा मापन भएको छ। मधेश प्रदेश, लुम्बिनी प्रदेशका र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानहरूमा तथा कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुईस्थानमा ३०.० डि.से. भन्दा बढी साप्ताहिक औसत अधिकतम तापक्रम मापन गरिएको छ भने सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा रहेको टिकापुर केन्द्रमा सबैभन्दा बढी ३२.४ डि.से. साप्ताहिक औसत अधिकतम तापक्रम मापन गरिएको छ। गण्डकी प्रदेशको मनाङ जिल्लामा रहेको हुम्दे केन्द्रमा सबैभन्दा कम ३.९ डि.से. साप्ताहिक औसत न्यूनतम तापक्रम मापन भएको छ।
  • यो साता देशको मध्य पूर्वी नेपालमा मनसुनी वायुको प्रभाव रहने छ। पश्चिमी नेपालबाट साताको मध्यतिर मनसुन बाहिरिने सम्भावना रहेको
  • साताको शुरूमा कोशी, मधेश, बागमती प्रदेशका केही स्थानहरू, गण्डकी लुम्बिनी प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
  • साताको मध्य अन्त्यमा कोशी प्रदेशको केही, मधेश, बागमती गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
  • देशभर अधिकतम न्यूनतम तापक्रममा उल्लेखनीय परिवर्तन नहुने सम्भावना रहेको छ।                       

 

कृषि सारांश

  • यो साता देशको मध्य र पूर्वी नेपालमा मनसुनी वायुको प्रभाव रहने भएकाले सबै किसिमका खाद्यान्न, फलफूल र तरकारी बालीमा पानी जम्न नदिन पानी निकासको उचित व्यवस्था गर्नुहोस्।
  • यो साता देशको मध्य र पूर्वी नेपालमा मनसुनी वायुको प्रभाव रहने भएकाले धानबालीमा हुन सक्ने सम्भावित क्षति न्यूनीकरणका लागी: धान खेतबाट पानीको निकास राम्रोसँग गर्नुहोस्। खेतको गराको विभिन्न ठाउँबाट कुलेसो काटी पानीको निकास गर्नुहोस्। काटेको धानको पाँजोलाई अग्लो ठाउँ जस्तै आली कान्लामा सुकाउनुहोस्। लडेको धानको बोटलाई बाँधेर खडा गर्नुहोस्। भिजेको धानको बाला छिटो सुकाउन काटिसकेको धानको बालालाई नल (पराल) बाट छुट्याउनुहोस्। चुटिसकेको धानलाई हावा आउने ठाउँमा फिजाई पंखाको सहयोगले हावा दिई बेला-बेलामा धानलाई चलाई छिटो सुकाउने प्रबन्ध गर्नुहोस्।
  • धानबालीमा मिलीबग कीराको क्षतिको पहिचान व्यवस्थापनको लागि रासायनिक विषादीहरु जस्तै-इमिडाक्लोपिड १७. एस.सी. देखी एम.एल. वा थायोमिथोक्जाम २५% एस.जी. .- ग्राम वा निटेनपाइराम १०% - एम.एल. प्रति १६ लिटर पानीको दरले स्टिकर मिसाएर विरुवाको तल्लो भागमा पर्नेगरि साताको शुरुमा नै छर्कनुहोस्।
  • उच्चपहाडको लागि सिफारिस गरिएका गहुँका जातहरु- पासाङ्ल्हामु, डब्लु.के. १२०४, डाँफे, स्वर्गद्वारी, मुनाल, च्याखुरा, हिमगंगा र भेरीगंगा मध्ये उपलब्ध जातको गणुस्तरिय बीउ ६.० के.जी. प्रति रोपनीको दरले बीउको व्यवस्था गर्नुहोस्।
  • तराई, भित्री-मधेश तथा बेँशीमा आलुको खुमल सेतो-, खुमल उपहार, खुमल उज्वल, खुमल लक्ष्मी, खुमल रातो , आईपिवाई , कुफ्रि सिन्दुरी, डेजिरे, कार्डिनल मध्ये उपलब्ध जातहरूको गुणस्तरीय बीउ ब्यवस्था गरी कोल्ड स्टोरबाट झिकी ओभानो ठाँउमा फिंजाएर टुसाउन राख्नुहोस्।
  • नर्सरी ब्याडमा बेर्ना उमार्ने समयमा फेद काट्ने कीरा र बेर्ना कुहिने रोगको व्यवस्थापन गर्न क्लोरपाईरीफस १६% ई.सी. (Chlorpyrifos 16% EC) को ०.५ एम.एल. र कार्बेनडाजिम (बेभिष्टिन) ५०% डब्लु.पि. को १ ग्राम प्रति लिटर पानीमा घोली स्प्रेयरबाट नर्सरी ब्याड भिज्ने गरी छर्नु पर्दछ।
  • अदुवा तथा अलैँची बालीमा गानो कुहिने रोग देखिएमा पानी निकासको उचित ब्यबस्था गर्नुहोस्। साथै रोगी बोटलाई हटाएर बेभिष्टिन (Bavistin) २-३ ग्राम प्रति लिटर पानीको दरले १० दिनको फरकमा २-३ पटकसम्म बोटको जरा भिज्नेगरि ड्रेन्चिङ्ग गर्नुहोस्।
  • चाडवाडका बेला मासु प्रयोजनका लागि काटिने खसी, बोका, भेडा, राँगा आदि स्वस्थ्य रहेको यकिन गरी मात्र काट्नुहोस्। रोगका सामान्य लक्षणहरु (जस्तै खान मन नगर्ने, नाकबाट सिंगान बहिरहेको, आँखामा चिप्रा लागेको, छेरिरहेका, ज्वरो आएका), देखाएका पशुहरु बध नगर्नुहोस्। साथै लामो समय ढुवानी गरी ल्याईएका पशुहरुलाई पनि बध पूर्व कम्तिमा २४ घण्टा आराम गर्न दिई प्रशस्त मात्रामा पानी पिउनु दिनुहोस तत् पश्चात मात्र यस्ता पशुहरु स्वस्थ रहेको यकिन गरी बध गर्नुहोस्।
  • चिसो ठाउँमा भण्डारण गरेको दाना र परालमा ढुसीको संक्रमण हुन गई पशुवस्तुको पाचनक्रियामा समस्या आउनुका साथै बिष उत्पन भई पशुवस्तु मर्न समेत सक्ने भएकोले पशुवस्तुलाई खुवाउने दाना र पराललाई सफा र ओभानो ठाँउमा भण्डारण गर्नुहोस्।
  • बादल लागेको दिन र भोलिपल्ट विहानीपख माछापोखरीमा अक्सिजनको कमीबाट हुन सक्ने क्षती कम गर्न प्रति हेक्टर जलाशयमा बिहान ४-६ बजेसम्म ०.७५ के.भि.ए. क्षमताको वायुयन्त्र (Aerator) को प्रयोग गर्नुहोस्।
  • मौसम सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने चौविसै घण्टा उपलब्ध जल तथा मौसम विज्ञान विभागको फोन नम्बर-११५५ मा फोन गर्नुहोस्।
  • कृषि र पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक सोमबार साँझ ५ देखि ७ बजेसम्म फोन गर्नुहोस्।