कृषि मौसम सल्लाह बुलेटिन (बर्ष १०, अंक २९)

मौसमी सारांश:

  • गत साता देशको धेरै केन्द्रहरुमा हल्का देखि भारी वर्षा मापन गरिएको भने सबैभन्दा बढी कोशी प्रदेशको संखुवासभा जिल्लामा रहेको खाँदबारी केन्द्रमा ६१. मि.मि. साप्ताहिक कुल वर्षा मापन भएको छ। मधेश प्रदेशका सबै स्थानहरूमा, लुम्बिनी प्रदेशका अधिकांश स्थानहरूमा, कोशी प्रदेश सुदूर पश्चिम प्रदेशका केही स्थानहरूमा तथा बागमती प्रदेश गण्डकी प्रदेशका थोरै तराईका स्थानहरूमा ३०. डि.से. भन्दा बढी साप्ताहिक औसत अधिकतम तापक्रम मापन गरिएको भने मधेश प्रदेशको धनुषा जिल्लामा रहेको जनकपुर एयरपोर्ट केन्द्रमा सबैभन्दा बढी ३४. डि.से. साप्ताहिक औसत अधिकतम तापक्रम मापन गरिएको छ। गण्डकी प्रदेशको मनाङ जिल्लामा रहेको हुम्दे केन्द्रमा सबैभन्दा कम . डि.से. साप्ताहिक औसत न्यूनतम तापक्रम मापन भएको छ।
  • यो साता देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहनेछ। साथै साताको शुरूमा कोशी, मधेश तथा बागमती प्रदेशमा बंगालको खाडीमा विकसित चक्रवातदानाको आंशिक प्रभाव रहनेछ।
  • साताभर देशका हिमाली तथा पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रहनेछ। साथै साताको शुरूमा मधेश प्रदेश लगायत कोशी तथा बागमती प्रदेशका तराई भू-भागमा समेत आंशिक देखि साधारणतया बदली रहनेछ।
  • साताको शुरूमा मधेश प्रदेश लगायत कोशी तथा बागमती प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
  • यो साता कोशी प्रदेश गण्डकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ। साथै बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना छ।

 कृषि सारांश

 

  • कम्बाईन हार्भेष्टरले धान काट्दा खेतमा छोडेको पराल जलाउँदा खेत वातावरणमा प्रतिकुल प्रभाव पार्ने तथा पशु आहारामा समेत असर पार्ने हुँदा बेलर मेसिन अथवा अन्य विधिहरु बाट पराल जम्मा गर्नुहोस्।
  • धानको बीउ छनोटको लागि एकनासले पाकेका, रोग नलागेका पुष्ट बाला संकलन गरेर चुटानी गरी राम्रोसँग घाममा सुकाएर भण्डारण गर्नुहोस्।
  • मध्यपहाडका लागि गहुँवालीको सिन्दुरे रोग अवरोधी बीउहरु: स्वर्गद्वारी, मुनाल, च्याखुरा तथा तराईका लागि बाणगंगा, बि.एल. ४३४१, एन.एल. ९७१, आदित्य जातका बीउ उपचार गरी छर्नुहोस्।
  • मध्य पहाडको लागि सिफारिस गरीएका तोरीको जात; लुम्ले -, मध्य पहाडको लागि प्रगति सुर्खेत स्थानिय तोरी -, बेंसीको लागि उन्नति प्रिती, तराई भित्री मधेशको लागि विकास, प्रगति, उन्नति, प्रिती, मोरङ् तोरी-, सुर्खेत स्थानिय तोरी - तथा नवलपुर स्थानिय- मध्ये उपलब्ध जात . के. जी. प्रति रोपनी वा .३४ के.जी. प्रति कट्ठा बीउका दरले बीउ उपचार गरी छर्नुहोस्।
  • पहाडको लागि सिफारिस मुसुरोका जातहरु: शिशिर, सिमल, शिखर, शितल, महेश्वर भारती, सगुन, खजुरा मुसुरो मध्ये उपलब्ध जातको गणुस्तरिय बीउ के.जी. प्रति रोपनीका दरले बीउ उपचार गरी छर्नुहोस्।
  • गोलभेँडामा डढुवा रोगको प्रकोप कम भए मेन्कोजेब २.५ ग्राम र बढि भए क्रिलाक्सिल एम.जेड. को धुलो २ ग्राम प्रति लिटर पानीमा घोलेर बोट भिज्नेगरि स्प्रे गर्नुहोस्।
  • स्याउ टिपिसकेपछि पनि बोटमा कत्ले कीराको प्रकोप रहिरहने हुँदा यसको व्यवस्थापनको लागि खनिज तेल १० देखी १५ एम.एल. प्रति लिटर पानीमा मिसाई कीरा लागेको स्थानमा भिज्नेगरि सात-सात दिनको अन्तरालमा तीनपटक छर्कनुहोस्।
  • चाडपर्वमा बढी भएको चिल्लो खानेकुराहरु पशुलाई दिँदा पेट ढाडिने समस्या हुन सक्छ। तसर्थ त्यस्ता खानेकुरा पशुलाई सकभर नदिनुहोस् दिनुपर्ने भएमा राम्ररी पकाएर घाँस, पराल भाग उक्त चिल्लो खानेकुरा भागको अनुपात मिलाएर दिनुहोस्।
  • मध्यपहाड तराईमा हिउँदे घाँसहरु- बर्सिम, जै, भेच, केराउ आदि लगाउन शुरु गर्नुहोस्।
  • मौसम सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने चौविसै घण्टा उपलब्ध जल तथा मौसम विज्ञान विभागको फोन नम्बर-११५५ मा फोन गर्नुहोस्।
  • कृषि पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक सोमबार साँझ देखि बजेसम्म फोन गर्नुहोस्।
  • कृषि-मौसम सल्लाह बुलेटिन रेडियो नेपालबाट प्रत्येक शनिबार बेलुका :२५ देखि :३५ बजेसम्म साथै नेपाल टेलिभिजनको NTV NEWS Channel बाट प्रत्येक शनिबार बेलुका बजेको समाचारपछि प्रसारण हुने गर्दछ।