![]() |
नेपाल सरकार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (कार्यक्षेत्र: नुवाकोट र रसुवा) |
|
कृषि मौसम सल्लाह बुलेटिन (बर्ष १०, अंक ४७)
मौसमी सारांश:
- गत साता देशको धेरै केन्द्रहरुमा हल्का देखि भारी वर्षा मापन गरिएको छ भने सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लामा रहेको दार्चुला (नयाँ) केन्द्रमा ९९.६ मि.मि. साप्ताहिक कुल वर्षा मापन भएको छ। मधेश प्रदेशका एक-दुई स्थानहरुमा ३०.० डि.से भन्दा बढी मापन गरिएको तथा अधिकांश तराईका स्थानहरुमा २५.० डि.से भन्दा बढी अधिकतम तापक्रम मापन गरिएको छ भने मधेश प्रदेशको बारा जिल्लामा रहेको कलैया केन्द्रमा सबैभन्दा बढी ३०.५ डि.से. साप्ताहिक औसत अधिकतम तापक्रम मापन गरिएको छ। गण्डकी प्रदेशको मनाङ जिल्लामा रहेको हुम्दे एयरपोर्ट केन्द्रमा सबैभन्दा कम -३.२ डि.से. साप्ताहिक औसत न्यूनतम तापक्रम मापन भएको छ।
- यो साता स्थानीय वायु तथा पश्चिमी वायुको आंशिक रहने देखिन्छ।
- उच्च पहाडी तथा हिमाली भू-भागः साताको शुरुमा कोशी, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ। साताको मध्य र अन्त्यमा सबै प्रदेशका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
- पहाडी भू-भागः साताभर थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का वर्षाको सम्भावना छ।
- तराई भू-भागः साथै बिहानको समयमा लाग्ने हुस्सु मध्यान्न सम्ममा क्रमिक रुपमा सुधार हुने सम्भावना छ।
- यो साता औसत वर्षा हुने सम्भावना छ। धेरै स्थानहरूमा अधिकतम र न्यूनतम तापक्रम औसत भन्दा केही बढी हुने सम्भावना छ।
कृषि सारांश
- चैते धान रोप्ने जग्गामा नेपाल कृषि अनुसन्धान परिषदबाट अध्यावधिक गरिएको सिफारिस मात्रा अनुसारको मलखाद प्रयोग गरी बेर्ना रोप्नुहोस्।
- वसन्ते मकैका लागि उपयुक्त जातहरु अरुण-३, अरुण-४, अरुण-६, रामपुर हाईब्रिड-८ र रामपुर हाईब्रिड-१० मध्ये भरपर्दो श्रोतबाट उपलब्ध जातहरुको बीउ व्यवस्था गर्नुहोस्।
- हाल देशभरि नै गहुँमा लाग्ने खैरो सिन्दुरे र पहेलो धर्से सिन्दुरे रोगको ब्यबस्थापनको लागि ढुसीनासक बिषादी टिल्ट १ एम.एल वा नटीभो ०.५ ग्राम प्रति लिटर पानीको दरले १०-१२ दिनको फरकमा आवश्यकता अनुसार सम्पूर्ण पातहरु भिज्नेगरि छर्केर उपचार गर्नुहोस् वा नजिकैको कृषि ज्ञान केन्द्र वा कृषि प्रयोगशालामा सम्पर्क राख्नुहोस्।
- गहुँ लगायत अन्य बालीहरुमा लाही कीराको प्रकोप बढ्दै गएकोले व्यवस्थापनका लागि डाइमेथोएट (रोगर) ३०% ई .सी., १.५ एम.एल. प्रति लिटरको दरले पानीमा मिसाई साँझको समयमा लाही लागेको ठाउँ भिज्नेगरी छर्कनुहोस्।
- उच्च पहाडमा फागुनमा गरिने आलु खेतीका लागि डेजिरे, कुफ्रिज्योति, खुमल लक्ष्मी, खुमल रातो-४, खुमल सेतो-१, खुमल उज्वल जातहरूको बीउ रोप्नुहोस्।
- मध्यपहाडमा माघको पहिलो हप्तामा लगाईएको आलुबालीमा सिँचाई पश्चात ४.४ के.जी. युरिया प्रति रोपनीका दरले टपड्रेस गर्नुहोस्।
- तापक्रम बढ्दै जाने क्रम भएकोले मध्य पहाडी क्षेत्रमा सिमी र बोडी लगाउन लाईन देखि लाईनको दूरी १२० से.मी. र बोटदेखि बोटको दूरी २० से.मी. फरक गरि एउटा प्वालमा २ गेडा बीउ खसाल्नुहोस्।
- मौरी घारमा रोग, सुलसुले र रानु भए नभएको नियमित अवलोकन गर्नुहोस्। हाल मौरीको लागि उपयुक्त मौसम भएकोले घारको नियमित निरीक्षण गरी आधार चाकाहरु साथै सुपर (तल्ला) थप्ने व्यवस्था गर्नुहोस्। साथै घारको संख्या बढाउनु छ भने रानुको उपयुक्त व्यवस्था गरि मौरी गोला विभाजन गर्नुहोस्।
- उखुको रातो सडन रोग लाग्न नदिन रोप्नुअघि बीउ उखुका आँख्लाहरुलाई कार्बेन्डाजिमयुक्त विषादीको ०.२% घोल (२ ग्राम प्रति लिटर पानीको दर) मा २५-३० मिनेटसम्म डुबाएर मात्र रोप्नुहोस्।
- गोठेमल /कम्पोष्ट मललाई खेतवारीमा थुप्रो पारेर वा फिँजाएर राख्दा नाइट्रोजन तत्व नोक्सान हुने भएकोले खुल्ला नछोडी लगत्तै जमीन जोतेर माटोमा मिलाउनुहोस्।
- हाल पन्छीहरुमा बर्डफ्लूको र सुँगुर/बंगुरहरुमा अफ्रिकन स्वाइन फिभरको उच्च जोखिम रहेकोले फार्ममा जैविक सुरक्षा अपनाउनुहोस्।
- तराईका जिल्लाहरुमा सिल्भर कार्प माछाको प्रजनन चैत महिना र बिगहेड कार्पको प्रजनन बैशाखदेखि शुरु हुने भएकोले माउ पोखरीको तयार गरि प्रजननयोग्य माउमाछा १५००-२००० के.जी. प्रति हेक्टरको दरले स्टक गर्नुहोस्।
- पानी कम पर्ने तथा हावामा आर्द्रता कम रहने समय भएकोले खरबारी, डालेघाँस लगाएको नर्सरी, बेर्ना सारेको बारी तथा गोठ वरिपरी आगो लाग्नबाट बचाउन २-३ मिटर चौडाईमा घाँसपात पतिंगर हटाई अग्नि नियन्त्रण रेखा (Fire corridor) बनाउनुहोस्।
- मौसम सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने चौविसै घण्टा उपलब्ध जल तथा मौसम विज्ञान विभागको फोन नम्बर-११५५ मा फोन गर्नुहोस्।
- कृषि र पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक सोमबार साँझ ४ देखि ६ बजेसम्म फोन गर्नुहोस्।